मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रिंकु कुमारी मृत्यु प्रकरणः घरमा तोडफोड र आगजनी

gorkhapatraonline.com · Sat Jun 13 03:20:16 GMT 2026

महोत्तरीको बर्दिबास नगरपालिका–१२, डाँडाटोलमा एक विवाहित महिलाको रहस्यमय मृत्यु भएपछि स्थानीयवासी र माइती पक्ष आक्रोशित बनेका छन्। घटनापछि शुक्रबार राति ठुलो संख्यामा जम्मा भएका माइती पक्ष र स्थानीयवासीले मृतक महिलाको घरमा तोडफोड गर्नुका साथै घरमा पार्क गरिएको कारमा आगजनी गरेका छन्।

प्रहरीका अनुसार शुक्रबार राति करिब ८ बजे आक्रोशित समूहले रामबाबु सिंह र शशी सिंहको घरमा प्रवेश गरी विभिन्न सामग्रीमा तोडफोड गरेको थियो। भीडले घरमा पार्क गरिएको कारमा आगो लगाउनुका साथै एउटा मोटरसाइकल र स्कुटरमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। आगलागीपछि प्रहरी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)