कालिगण्डकीले फलफूलका बिरुवा वितरण गर्दै
gorkhapatraonline.com · Sat Jun 13 03:21:44 GMT 2026

गुल्मीको कालिगण्डकी गाउँपालिकाले व्यावसायिक फलफूल खेती विस्तारका लागि बिरुवा वितरण गर्ने भएको छ। यस गाउँपालिका चालू आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत फलफूलका बिरुवा वितरण गर्न प्रस्ताव आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद मरासिनीले जानकारी दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत मरासिनीका अनुसार पालिकाभित्र व्यावसायिक रूपमा फलफूल खेती सञ्चालन गर्न इच्छुक कृषक समूह, कृषि सहकारी, निजी फार्म तथा उद्यमी कृषकहरूले आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। कृषकहरूको माग अनुसार सुन्तला, कागती, कफी, आँप, लिची, एभोकार्डो र टिमुर लगायतका फलफूलका बिरुवाका लागि माग प्रस्ताव पेस गर्न आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)