मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोकसभा निर्वाचन : बिजेपीद्वारा ७२ उम्मेदवारको दोस्रो सूची जारी

lokaantar.com

भारतीय जनता पार्टी (बिजेपी) ले बुधबार लोकसभा निर्वाचनको दोस्रो सूची जारी गरेको छ । जारी सूचीमा तीन पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टर, त्रिवेन्द्र सिंह रावत, बसवराज बोम्मईका साथै चार केन्द्रीयमन्त्री नितिन गडकरी, अनुराग ठाकुर, पीयुष गोयल र प्रह्लाद जोशीसहित ७२ उम्मेदवारको नाम समावेश छ ।

बिजेपीले करनाल लोकसभा सिटबाट पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टरलाई चुनावी मैदानमा उतारेको छ । यसअघि उनले मङ्गलबार हरियाणाको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। हिमाचल प्रदेशमा केन्द्रीयमन्त्री अनुराग ठाकुर हमिरपुर सिटबाट निर्वाचन लड्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)