मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीमा पनि स्टाफ कलेज सुरु हुँदै : स्टाफ कलेज नगर्ने अधिकृतहरू उच्च पदमा बढुवा नहुने 

nayapatrikadaily.com · Wed Dec 20 00:26:00 GMT 2023

बढुवा पद्धतिमा सुधार गरी नेतृत्व विकास प्रणाली सुरु गर्ने उद्देश्यसहित नेपाल प्रहरीमा पनि स्टाफ कलेजको अवधारणा लागू हुने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको कोर्समार्फत स्टाफ कलेजको अवधारणा लागू गर्न नेपाल प्रहरीले अन्तिम तयारी गरिरहेको छ ।

स्टाफ कलेजको अवधारणा कार्यान्वयनका लागि डिआइजीको नेतृत्वमा एक समिति बनाई प्रक्रिया अघि बढाएको छ । आगामी वर्षदेखि यो कार्यक्रम लागू गर्ने प्रहरीको लक्ष्य छ । यद्यपि, प्रहरी नियमावली संशोधनदेखि भौतिक पूर्वाधारका काम भने बाँकी नै छन् । स्टाफ कलेजको कार्यक्रम लागू गर्न प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका डिआइजी रवीन्द्र केसीको नेतृत्वमा समिति गठन भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)