मिसन ग्रासरुट र पार्टी शुद्धीकरण
rajdhanidaily.com · Sun Mar 26 23:26:05 GMT 2023
अघिल्लो निर्वाचनभन्दा पछिल्लो निर्वाचनमा मत कम हुँदै जानु, नेता र कार्यकर्तामा विलासिता बढ्दै जान थालेपछि एमालेले ‘मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हो । दुई महिना लामो अभियानले एमालेभित्रका कमजोरीलाई सुधार्ने ऐतिहासिक मौका मिल्नेछ । अभियान सक्ने तयारीमा एमाले छ । यसले नेपाली राजनीतिमा एउटा ठूलो बहसको सिर्जना भने पक्कै गराएको छ ।
जनप्रतिनिधि कार्यकर्ताको कुरा ठ्याक्कै नसुन्न र संगठनका निर्णय नमान्न थालेको पृष्ठभूमिमा एमालेको मिसन ग्रासरूटले नेता र कार्यकर्तालाई मात्रै हैन, संगठनको जगमा निर्वाचित बनेका जनप्रतिनिधिलाई पनि सच्याउने मौका दिनेछ । जनप्रतिनिधिले स्रोत र साधनको अत्याधिक दुरूपयोग गर्ने गरेकाले जनतामा नैराश्यता छाएप्रति बारम्बार प्रश्न गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)