मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना

kendrabindu.com · Wed May 20 07:56:55 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको मनसाय नरहेको स्पष्ट गरेका छन् ।

प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री डा तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रतताप्रति प्रतिबद्ध रहेको बताए ।

“प्रेस स्वतन्त्रताको अधिकार संविधान दिएको हो । आज, भोलि र पर्सी कसैले यो अधिकार कुष्ठित गर्न सक्दैन तर प्रेस स्वतन्त्रता स्वछन्दता भने हुँदैन । प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ”, मन्त्री डा तिमिल्सिनाले भने, “प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन । त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता जगतलाई आग्रह गर्दछु ।”

उनले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)