जोखिम व्यवस्थापनबारे फोटो पत्रकारलाई व्यावहारिक प्रशिक्षण
shilapatra.com · Sat Jul 04 13:11:00 GMT 2026

फोटो पत्रकार (पिजे) क्लबले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएकाे छ ।
नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ३० भन्दा बढी फोटो पत्रकारको सहभागिता रहेको थियो । सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा सञ्चालन गरिएको तालिममा अनुभवी प्रशिक्षक तथा विषयविज्ञहरूले जोखिमपूर्ण परिस्थितिमा सुरक्षित रूपमा रिपोर्टिङ गर्ने विषयमा प्रशिक्षण दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)