मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफूलाई मार्ने योजनामा प्रधानमन्त्री नै संलग्न भएको इमरान खानको आरोप

ratopati.com

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरीफ उनको हत्या प्रयासको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन् । बिहीबार राजनीतिक र्‍यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका खानले अस्पतालबाट भिडियो सन्देश जारी गर्दै ‘प्रधानमन्त्री शेहबाज शरिफ, गृह मन्त्री राना सनोल्लाह र एक शीर्ष सैन्य कमाण्डरले उनलाई मार्ने निर्णय गरेको’ बताए । साथै उनले त्यस दिन दुई बन्दुकधारी रहेको पनि बताए ।

तर पाकिस्तान सरकारले भने खानको दाबीलाई खण्डन गरेको छ । उसका अनुसार खानमाथि बन्दुक हान्ने व्यक्ति धार्मिक अतिवादबाट प्रभावित अतिवादी भएको बताएको छ । पाकिस्तानको सेनाको मिडिया शाखाले पनि पूर्व खानको आरोपलाई ‘आधारहीन र गैरजिम्मेवारपूर्ण’ भनेको छ । ‘पाकिस्तान सरकारलाई यस विषयमा अनुसन्धान गर्न र कुनै प्रमाण बिना संस्था र यसका अधिकारीविरुद्ध भएको मानहानिका लागि जिम्मेवार व्यक्तिलाई कानुनी कारबाही गर्न अनुरोध गरिएको छ,’ सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्सले एक विज्ञप्तिमा भनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)