निर्वाचन आयोगले मतपरिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाउने
baahrakhari.com · Fri Mar 10 01:08:00 GMT 2023
काठमाडौं । निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले यस निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)