मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोटेश्वर महादेव मन्दिर क्षेत्रको फोहर व्यवस्थापन

ratopati.com

कोटेश्वर महादेव मन्दिरको पश्चिमी वाग्मती किनारमा सफाइ गरी शनिबार करिब तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको आज ४७७ औँ हप्तामा कोटेश्वर महादेवको पश्चिम भागस्थित श्रीनगर गणेश मन्दिर चोक क्षेत्रको वाग्मती नदी किनारमा सफाइ गरिएको हो ।

सफाइमा दैलेखका सांसद पार्वती विशुंखे, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौँ महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष सरोज ढकाल, वडा सदस्यहरु अशोक केसी, हुमा आचार्य, अप्सरा खनाल, सान्नानी मिजार, श्रीनगर टोल सुधार समितिका अध्यक्ष उज्जन श्रेष्ठ, नेपाल आमा सेवाका अध्यक्ष चन्द्रमणि तिमिल्सिना, नेपाल चलचित्र संघका सह कोषाध्यक्ष नायिका पवित्रा आचार्य, प्रा डा प्रेम शर्मा, वानेश्वर महिला वातावरण सेवा प्रालिका सञ्चालक दुर्गा दुलाललगायतको सक्रियता थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)