विश्वकपमा अमेरिकाको शानदार शुरूआत, पाराग्वेविरुद्ध ४-१ को जित
hamrakura.com · Sat Jun 13 00:00:00 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा संयुक्त राज्य अमेरिका राष्ट्रिय फुटबल टोलीले पाराग्वेलाई ४-१ ले पराजित गर्दै प्रतियोगितामा शानदार शुरूआत गरेको छ।
अमेरिकाले खेलको शुरूआतदेखि नै दबाब बनाउँदै सातौँ मिनेटमा अग्रता लिएको थियो। पाराग्वेका खेलाडीबाट आत्मघाती गोल भएपछि अमेरिका अगाडि बढेको हो। त्यसपछि फरवार्ड फोलारिन बालोगुनले पहिलो हाफमै दुई गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। उनले पहिलो हाफको अन्तिम क्षणमा गरेको गोलसँगै अमेरिका ३-० ले अगाडि रहँदै खेल नियन्त्रणमा राखेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
फिफा