पालुङटारमा भव्य रूपमा हुँदै ‘भजन महोत्सव–२०८३’
ajakoartha.com · Wed May 20 08:09:00 GMT 2026

काठमाडौं- पालुङटार नगरपालिकाको आयोजनामा “पालुङटार भजन महोत्सव–२०८३” भव्य रूपमा आयोजना हुने भएको छ । धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त महोत्सव पालुङटारस्थित ओंकार योग आयुर्वेद गुरुकुलमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
भजन महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रका लोकप्रिय कलाकार नारायण स्याङ्तान, बबिन पौडेल, प्रेमराज अधिकारी, भरत बराइला, मीना थापा, लक्ष्मी पौडेल लगायतका कलाकारहरूको सहभागिता रहने जनाइएको छ । साथै विभिन्न स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरूले पनि आफ्नो उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)