निबन्ध लेखन तथा वक्तृत्वकलाका वियजीलाई पुरस्कार
gorkhapatraonline.com · Wed May 20 08:11:20 GMT 2026

नेपालका लागि पाकिस्तान दूतावासद्वारा आयोजित प्रतियोगितात्मक निबन्ध लेखन तथा वक्तृत्व कलाका विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
पाकिस्तानका संस्थापक कायद ए आजम मुहम्मद अली जिन्हाको १५०औँ जन्मजयन्तीका सन्दर्भमा उहाँले संवैधानिक माध्यमबाट पाकिस्तानको मागलाई मूलधारमा ल्याउन गरेको योगदानका विषयमा आयोेजित निबन्ध प्रतियोगितामा काठमाडौँस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रतीक पोखरेल प्रथम हुनु भएको थियो । त्यस्तै, काठमाडौँस्थित चाँद बाग स्कुलका दक्षेश घिमिरेले दोस्रो र काठमाडौँकै प्राञ्जली वर्ल्ड स्कुलका नितिन थापा तेस्रो हुनु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)