भदौमा मात्रै तीन अर्ब लगानी प्रतिबद्धता
ekantipur.com · Tue Sep 19 16:39:33 GMT 2023
काठमाडौँ — चालु आर्थिक वर्षको भदौमा मात्र ३ अर्ब ८ करोड १० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । यसअनुसार सबैभन्दा बढी पर्यटन क्षेत्रमा ४९ प्रतिशत लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । साथै सेवा क्षेत्रमा १८.३५, उत्पादनमा ५.१०, पूर्वाधारमा २.४ र सूचना तथा प्रविधिमा १.२ प्रतिशत लगानी प्रतिबद्धता आएको हो ।
चालु आर्थिक वर्षको साउनमा १३ अर्ब १३ करोड ६० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । खुद विदेशी लगानी भने २ अर्ब ६४ करोड ६२ लाख रुपैयाँ मात्रै भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । प्रत्यक्ष विदेशी लगानी कम भित्रिन थालेपछि अघिल्लो आर्थिक वर्षदेखि नै सरकारले लचिलो नीति लिन थालेको छ । सरकारले गत आर्थिक वर्ष विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)