सिन्धुलीका पाँच पालिका कांग्रेसलाई र चार पालिका माओवादीलाई दिने सहमति
annapurnapost.com · Thu Apr 21 17:23:00 GMT 2022
सिन्धुली : सिन्धुलीमा सत्ता गठबन्धनमा आबद्ध कांग्रेस-माओवादीबीच चुनावी तालमेलका लागि सहमति भएको छ। बिहीबार कांग्रेस-माओवादीबीच गाउँपालिका तथा नगरपालिका बाडफाँडमा सहमति जुटेको हो। सत्तारुढ पाँच दलीय गठबन्धनमध्ये चार राजनीतिक दलबीच पालिका भागबण्डाको कुरा नमिलेपछि कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख र उपप्रमुखको सिट बाँडफाँट गरी भागबण्डा टुंग्याएका हुन्।
सहमतिअनुसार दुबै दलका तर्फबाट शीर्ष नेतृत्वले हस्ताक्षरसमेत गरेका छन्। दुई राजनीतिक दलबीच भएको लिखित सहमतिअनुसार सिन्धुलीका ९ वटा स्थानीय तहमध्ये पाँच वटा पालिकाको प्रमुख नेपाली कांग्रेसले र बाँकी चार वटा पालिकाको प्रमुख माओवादी केन्द्रले पाएको गठबन्धनका जिल्ला संयन्त्र संयोजक तथा कांग्रेसका जिल्ला सभापति उपेन्द्रकुमार पोख्रेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)