मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीके राउतको दोहोरो नीति : एकातिर चुनावको तयारी, अर्कोतिर बहिष्कारको चेतावनी

ratopati.com

सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन अघि आफूहरूको माग पूरा नभए चुनाव बिथोल्ने चेतावनी दिएको छ । जबकि केही महिना अघिदेखि नै सो पार्टी चुनावको तयारीमा जुटेको हो ।

किसान आन्दोलनलाई स्थानीय तह केन्द्रित गरेको जनमत पार्टीले फागुन १० र २० गते निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएर चुनावअघि आफूहरूको माग पूरा गर्न दबाब दिएको छ । जनमत पार्टीका झापास्थित नेता भीम राजवंशीले आफूहरूको माग पूरा नभए चुनावमा भाग नलिने निर्णय पार्टीले गरेको बताए । उनले भने, पार्टीको बैठकहरूमा पनि डाक्टर साहब (सीके राउत) ले यही भन्नुहुन्छ, हाम्रो माग पूरा भएन भने हामी चुनाव हुन दिन्नौँ भन्नेमा हामी अडिग छौँ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)