मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजस्व सङ्कलनमा सुधार

ratopati.com · Tue Jan 17 06:24:00 GMT 2023

काठमाडौँ । चालू आर्थिक वर्षको सुरुका महिनामा कमजोर रहेको सरकारी आम्दानीमा पछिल्ला महिनामा सुधार देखिन थालेको छ । चुनाव सकिएर नयाँ सरकार बनेको ३ साता बित्दा सरकारले लिएका कतिपय नीति र निजी क्षेत्रसमेत सरकारप्रति आशावादी हुँदा सरकारको आम्दानी अघिल्लो महिनाको तुलनामा बढेको छ ।

चालू आवको पहिलो ५ महिनासम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल राजस्व (कर तथा गैर कर राजस्व) सङ्कलन २० दशमलव ७३ प्रतिशत कम थियो । पछिल्लो महिना थपिएको आम्दानीले अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा देखिने फराकिलो अन्तरलाई कम गराएको देखिन्छ । पहिलो ५ महिनासम्म २० दशमलव ७३ प्रतिशत रहेको कमी घटेर पहिलो ६ महिनामा १५ दशमलव ३२ प्रतिशतमा सीमित भएको हो । पुसमा सङ्कलन राम्रो हुँदा अघिल्लो र चालू आवको राजस्व अन्तर कम देखिएको हो । यसलाई सकारात्मक रूपमा लिइएको छ । आयकर ऐन २०५८ को दफा ९४ अनुसार कुनै व्यवसाय वा लगानीबाट निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले तीन किस्तामा आयकर दाखिला गर्नुपर्ने हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)