मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुल सजिलै युरोपा लिगको अन्तिम ८ मा

ekantipur.com · Fri Mar 15 01:04:31 GMT 2024

काठमाडौँ — लिभरपुलले १४ मिनेटको अन्तरमा चार गोल गरेपछि बिहीबार स्पार्टाक प्रागलाई ६–१ ले पराजित गर्दै सजिलै युरोपा लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । त्यसमा कोडी गाक्पाले दुई गोल गरे । बुंडेसलिगाको शीर्षमा रहेको लेभरकुजनले पनि स्टपेज टाइमको दुई गोलको मदतले कराबागलाई पराजित गर्‍यो ।

पहिलो लेगमा लिभरपुललाई ५–१ को अग्रता प्राप्त थियो । यस्तोमा उसले समग्रमा ११–२ को ठूलो अन्तरको जित निकाल्यो । लेभरकुजन भने दोस्रो लेगमा ३–२ ले विजयी रह्यो र समग्रमा ५–४ ले अगाडि रहन सफल रह्यो । इटालीका दुई क्लब एटलान्टा र रोमा पनि क्वाटरफाइनल पुग्न सफल रहे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)