काठमाडौंमा बिहानैदेखि वर्षा, यी भू–भागमा दिउँसो भारी वर्षाको सम्भावना
baahrakhari.com · Mon Oct 02 00:45:42 GMT 2023
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)