वडा सदस्यलाई कार्यवाहक जिम्मेवारी दिएर वडाअध्यक्ष गुप्ता एमालेको चुनावी प्रचारमा
ratopati.com
बाराको जितपुरसीमरा उपमहानगर वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ताले वडाअध्यक्षको कार्यवाहक जिम्मेवारी वडा सदस्य सिता उप्रेतीलाई दिएर आफू चुनावी प्रचारप्रसारमा गएका छन् । अध्यक्ष गुप्ताले कार्तिक १५ गते घरायसी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै कार्तिक १६ गतेदेखि लागु हुनेगरी वडाको सम्पूर्ण जिम्मेवारी सदस्य उप्रेतीलाई दिएका थिए ।
कहिलेसम्मको बिदा हो भन्ने मितिसमेत नखुलाई अध्यक्ष गुप्ता बारा ४ का एमाले उम्मेदवारको चुनाव प्रचारप्रसारमा गएको पाइएको छ । उनले बिदा पत्रमा घरायसी कामले बाहिर जानुपर्ने उल्लेख गरेपनि चुनाव प्रचारप्रसारमा खटिएको वडा नं ७ कै एक वडा सदस्यले बताए । ‘कार्यवाहक दिएर उहाँ अहिले एमाले उम्मेदवारको चुनाव प्रचारप्रसारमा हिँडेको फोटो, भिडियो सामाजिक सञ्जालमा भेटिएकै छ नि’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)