मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किन बढ्यो गोलभेंडाको मूल्य ?

annapurnapost.com · Thu Aug 10 00:59:34 GMT 2023

काठमाडौं : कालीमाटी तरकारी बजारमा गोलभेंडाको आपूर्ति एक्कासि घट्दा मूल्य भने चर्किएको छ। डेढ महिना अघिसम्म दैनिक ८० देखि ९५ टन गोलभेंडा भित्रिन्थ्यो। अहिले दैनिक २९ देखि ३५ टन हाराहारीमा मात्रै भित्रिने गरेको छ। बजारमा माग भइरहँदा आपूर्तिमा भने निकै कमी आएको छ। गोलभेंडाको थोक मूल्य प्रतिकिलोग्राम एक सय रुपैयाँ माथि पुगेको छ। बजारमा खुद्रा मूल्य भने ठाउँअनुसार प्रतिकिलोग्राम १ सय ८० देखि दुई सय रुपैयाँसम्म पुगेको छ।

कालीमाटी तरकारी तथा फलफूल बजार समितिको तथ्यांकअनुसार गत असार २ गते गोलभेंडा साढे ९५ टन (९५ हजार ५ सय ५० केजी) भित्रिने गरेको थियो। साउनकै २३ गते ३७ टनमा झर्‍यो। यसबीच ६१ प्रतिशतले गोलभेंडाको भित्रिनेमा घटेको छ। जबकि गत जेठ र असार पहिलो सातासम्म कालीमाटीमा अत्यधिक गोलभेंडा भित्रिँदा किसानले प्रतिकिलो दुई रुपैयाँ पनि मूल्य पाएनन्। व्यवसायीले पनि प्रतिकेजी औसत ५–६ रुपैयाँ मात्रै मूल्य भएकाले धेरै मार्जिन लिन नपाएपछि कालीमाटीमै गोलभेंडा फालेर विरोधसमेत गरियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)