मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सहकारी नामको बदनाम

annapurnapost.com · Fri Feb 18 05:45:00 GMT 2022

नामै सहकारी। अर्थात् सहकार्य। समान अवस्था र उद्देश्य भएकाहरू संगठित भई समृद्धि हाँसिल गर्ने उपाय हो सहकारी। नेपाली सञ्चारमाध्यममा केही समययता आएका समाचार हेर्दा ‘दुईचारजना टाठाबाठाले सयौं, हजारौंलाई गुमराहमा पार्दै ठगी गर्ने माध्यम सहकारी’ बनिरहेको देखिन्छ। सहकारीमार्फत सर्वसाधारण ठगिएको, सहकारी सञ्चालकले बदमासी गरेको समाचार नियमित आकस्मिकता भइरहेका छन्। मोरङ जिल्लाको ४३ वर्ष पुरानो नमुना सहकारीको करिब १ करोड ९० लाख रुपैयाँ घोटालाको समाचार पछिल्लो आकस्मिकताको नमुना हो। लेखापाल, सहलेखापाल उक्त घोटालामा मुछिएका छन् र प्रहरी नियन्त्रणमा परेका छन्।

सहकारी पनि बचत तथा ऋण सहकारीको ठूलो लहर छ देशमा। तर मोरङ धनपालथान गाउँपालिकाको सहकारी त्यस्तो मात्रै थिएन। साँच्चिकै सहकारीको अवधारणा र मूल्य मान्यता अनि सिद्धान्तलाई पछ्याउँदै नमुना काम गर्दै थियो। सहकारीको आफ्नै मिल थियो। सनपाटको किनबेच गथ्र्याे। बालुवा र ढुंगागिटी पनि खरिदबिक्री गथ्र्याे। इलमी काममा समर्पित यो सहकारीका ती कर्मचारीले त्यही व्यापार व्यवहारमा लामो हात गरेको लेखापरीक्षणबाट पत्तो पाएपछि सञ्चालकहरू झस्किए। बचत(कर्ताकै रकमसमेत आफूखुसी चलाएर हिनामिना पनि ती कर्मचारीले गरेछन्। कोराना महामारीको चपेटामा परेर दुई वर्षदेखि बन्द सहकारीमा त्यस्तो घोटालासमेत देखिएपछि फेरि चालू गर्न मुस्किल परेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)