पर्यटनलाई ८१ करोड बजेट प्रस्ताव
abhiyandaily.com
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०६७/६८ का लागि पर्यटन मन्त्रालयलाई ८१ करोड ३२ लाख रुपैयाँको बजेट छुट्याएको छ । अर्थ मन्त्रालयले यही बजेटसीमा भित्र रहेर कार्यक्रम तयार गर्न पर्यटनलाई आग्रह गरेको छ । दुवै मन्त्रालयबीच भएको छलफलमा अर्थले यो सीमा प्रस्ताव गरेको हो ।
अर्थ मन्त्रालयले पर्यटन वर्ष २०११ का लागि २३ करोड रुपैयाँ दिने सैद्धान्तिक सहमति गरेको छ । पर्यटन मन्त्रालयका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईका अनुसार पर्यटन वर्षका लागि ७ करोड रुपैयाँ सिलिङ बजेटबाट प्राप्त हुन्छ । बाँकी १७ करोड रुपैयाँ प्रस्तावित बजेटभन्दा बाहिरबाट उपलब्ध गराउन मन्त्रालय सहमत भएको हो । ‘अहिले हामी छलफलकै चरणमा छौं,’ भट्टराईले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)