मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शंकरदेव क्याम्पसमा नेविसंघद्वारा आयोजित कार्यक्रममा २०८ जनाले गरे रक्तदान

ratopati.com

नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेविसंघ नेता मदनराज उपाध्यायको संयोजकत्वमा आयोजित कार्यक्रममा दुई सय ८ जनाले रक्तदान गरेका छन् । क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै नेविसंघले रक्तदान कार्यक्रम गरेको हो ।

‘रंग र खादा लगायर वा कुनै तामझामका साथ नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभन्दा कुनै बिरामीका लागि जीवनदान हुनेगरि रक्तदान कार्यक्रमको आयोजना गरेर विद्यार्थी साथीहरूलाई स्वागत गरेका हौं,’ नेता उपाध्यायले भने । उनले थोरै भए पनि बिरामीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)