मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजकाे माैसम : केही ठाउँमा वर्षा, उच्च पहाडमा हिमपात

shilapatra.com · Tue Oct 17 00:46:00 GMT 2023

नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भूभागका केही र तराईका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)