मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली नसुध्रिएपछि सांसदबाट राजीनामाको विकल्प भएन : माधव नेपाल

shilapatra.com · Sat May 08 18:12:13 GMT 2021

एमाले नेता माधकुमार नेपालले अध्यक्ष केपी ओली नसुध्रिएपछि राजीनामाको विकल्प नभएको बताएका छन्। शिलापत्रसँग संक्षिप्त कुरा गर्दै नेता नेपालले आइतबार राजीनामा दिने तयारी रहेको बताए। 'ओलीजीलाई सुधार्ने प्रयास असफल भयो। उहाँले लचकता नदेखाएपछि हामीसँग अन्य विकल्प भएन', उनले भने।

नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी नब्युँतिने भएपछि नेपाल समूहका २३ सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल पक्षका प्रतिनिधिसभामा समानुपातिक सांसदले समेत राजीनामा दिने बताइएको छ। नेपाल पक्षमा कुल ३५ सांसद छन्।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)