एमाले बाग्मती प्रदेश अधिवेशनः निर्वाचनबाटै नेतृत्व चयन
rajdhanidaily.com · Tue Sep 26 23:28:49 GMT 2023
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । अध्यक्षसहितका पदाधिकारी एवं सदस्यमा सर्वसम्मतको प्रयास भए पनि सहमति नजुटेपछि निर्वाचनबाटै नेतृत्व चयन हुने प्रक्रिया सुरु हुने भएको हो ।
आज (बुधबार)देखि निर्वाचनका कार्यक्रम सुरु हुनेछन् । आज (बुधबार) बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ । यस्तै, अन्तिम नामावली प्रकाशन ९ बजे हुने एमालेले जनाएको छ । त्यसपछि ११ बजेसम्मका लागि उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ । दिउँसो ४ बजे भने उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । मतदान भने भोलि (बिहीबार) बिहान ११ बजे राखिएको छ । मंगलबारको कार्यक्रममा ग्रुप विभाजन गरेर छलफल गरिएको छ । साथै, नेताहरूले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)