मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रविको गोलमा पुलिसलाई राहत

ekantipur.com · Thu Feb 10 01:09:11 GMT 2022

काठमाडौँ — रविशंकर पासवानको दुई गोलसँगै पुलिसलाई रेलिगेसन टार्ने अभियानमा रहेको च्यासल युवा क्लबमाथि २–१ को जित निकाल्दै राहत महसुस गरेको छ । दोस्रो जितसँगै पुलिस रेलिगेसन क्षेत्रभन्दा ५ अंक माथि उक्लिएर शीर्ष दसमा पुगेको छ । पाँच अंक मात्रै जोडेको च्यासल भने छैटौं हार बेहोर्दै रेलिगेसन क्षेत्रमा यथावत् रह्यो ।

च्यासलका १९ जना खेलाडीलाई कोरोना संक्रमण भएपछि त्यही दिन स्थगन गर्दै बुधबार दशरथ रंगशालामा सञ्चालन गरिएको नवौं चरणको अन्तिम खेलमा पुलिसले रविको अनपेक्षित गोलमा ३७ औं मिनेटमा अग्रता लिएको थियो । उनले नरकुमार राईको पासमा पेनाल्टी क्षेत्रभित्रबाट क्रस गरेको बलले सिधै ‘सेकेन्ड बार’ मा जाली चुम्न पुगेपछि पुलिस १–० ले अगाडि बढेको थियो । पहिलो हाफमा पुलिस केही राम्रो देखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)