कर्णाली प्रदेश प्रहरीका संरचनाहरू लुम्बिनीमै, अपराध अनुसन्धानमा कठिनाइ
nepalsamaya.com · Sun Aug 28 16:55:00 GMT 2022
काठमाडौं-
विसं २०७८ कात्तिक अन्तिम साता सुर्खेतको लेकबेँसी नगरपालिका–१ स्थित खेतबारीमा एक बालिकाको शव फेला पर्यो। बालिकाको मृत्यु ‘शंकास्पद’ देखिएपछि जिल्ला प्रहरीले घटनाको अनुसन्धान गर्न कोहलपुरबाट तालिम प्राप्त कुकुर झिकायो। प्रहरीको कुकुर (के नाइन) शाखा कर्णाली प्रदेशमा नहुँदा अनुसन्धानका लागि कोहलपुरबाट कुकुर ल्याउन–लैजान कठिनाइ हुने गरेको छ। गतवर्ष सुर्खेतका साथै रुकुम पश्चिम, सल्यान र जुम्लामा भएका आपराधिक घटनाको अनुसन्धानका लागि प्रहरीले कोहलपुरबाटै कुकुर झिकाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)