अमेरिकामा प्रत्येक पाँच सयमध्ये एक जनाको कोभिडबाट मृत्यु
baahrakhari.com · Thu Sep 16 17:23:00 GMT 2021
सीएनएन । संयुक्त राज्य अमेरिकामा प्रति पाँचसय अमेरिकीमध्ये एक जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । अमेरिका विनाशकारी कोभिड–१९ विरुद्धको लडाइँको अर्को कठिन चरणमा प्रवेश गरेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार देशमा पहिलो संक्रमण भएयता मंगलबार रातिसम्म ६६३,९१३ (६ लाख ६३ हजार ९ सय १३) जनाको मृत्यु भएको छ । यूएस सेन्सस ब्युरो (अमेरिकी जनगरणा विभाग)का अनुसार अप्रिल २०२० सम्म अमेरिकाको जनसंखया ३३१.४ मिलियन (३३ करोड १४ लाख) छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)