मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुख्यमन्त्री पोखरेल–अष्ट्रेलियन राजदूत भेट : द्विपक्षीय हित र लगानी प्रवर्द्धनको विषयमा छलफल

abhiyandaily.com

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत फ्यालिसिटी भोल्कबीच भेटवार्ता भएको छ । सोमवार भएको सो भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेशको विकासमा विशेषगरी शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, प्रविधि प्रवर्द्धनमा अष्ट्रेलियाको सहयोग आफूहरूका लागि अपेक्षित रहेको उनको भनाइ थियो ।

नेपाल र अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध सन् १९६० मा स्थापना भएपछि दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण रहँदै आएको मुख्यमन्त्री पोखरेलले बताए । दुवै देशको शिक्षा र पर्यटन क्षेत्रको संलग्नताले आपसी सम्बन्ध जनस्तरसम्म फैलिएको उनले उल्लेख गरे । अष्ट्रेलियन डेभलपमेन्ट कोअपरेसन कार्यक्रममा १९७९ मा नेपाललाई समावेश गराइएपछि आपसी सहयोग थप बढेको उनले स्मरण गरे । अष्ट्रेलियन सरकार र निजीक्षेत्रले शिक्षा, स्वास्थ्य, वन वातावरण, प्रविधि, मानव विकास, ग्रामीण विकास, शान्ति निर्माण प्रक्रियामा महत्त्वपूर्ण सहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले सो कार्यको प्रशंसा गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)