भूकम्पमा भत्किएको घर पुनःनिर्माणको प्रतीक्षामा मष्टाकी झुपू
nepalsamaya.com · Fri Jan 12 00:37:00 GMT 2024
बझाङ- गत असोज १६ गतेको भूकम्पले मष्टा गाउँपालिका–५ किनाडाकी झुपू आग्रीको घर छियाछिया भयो। केही दिन त्रिपालमा बसे पनि अहिले त्यही घरमा उनको बसोबास छ। कुन दिन चर्किएको घरले आफूलाई पुर्छ भन्ने पीरबाट उनी मुक्त भएकी छैनन्।
७० वर्षीया झुपूको काँधमा अहिले घरको सम्पूर्ण जिम्मेवारी रहेको छ। ससाना नातिनातिनाको हेरचाहमै दिन बित्ने गरेको उनले सुनाइन्। करिब ३० वर्ष अगाडि श्रीमान् गुमाएकी झुपूले दुःखका पहाड झेल्दै छोराछोरीलाई हुर्काइन्। ‘अब त बुढेसकालमा आनन्दले मर्न पाइने सोचेको प्रकृतिले सिकार बनाउँदै छ’, उनले भनिन्। उनको गाउँमा कमाइ खाने जमिन छैन भएको जमिन पनि भिरालो छ। ‘आकाशे पानीकै भर पर्नुपर्छ। पानीको समस्याले बारीमा लगाएको खुर्सानीसमेत हुर्कन पाउँदैन।’ उनले भनिन्, ‘जिन्दगी केही रोगले केही शोकले नै सक्यो। अहिले यो सुक्खा डाँडामा नाति नातिनाको ग्वालो (हेरचाह गर्ने व्यक्ति) हुनुपरेको छ। यही रहेछ जिन्दगी!’
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)