आईएमई लाइफ इन्स्योरेन्सको रेटिङमा स्तरोन्नति
kendrabindu.com · Sat Jun 13 04:02:49 GMT 2026

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो इस्युअर रेटिङमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको वित्तीय मूल्याङ्कनलाई ‘केयर-एनपी बीबीबी प्लस’ (BBB+) बाट स्तरोन्नति गर्दै ‘केयर-एनपी ए माइनस’ (A-) प्रदान गरेको हो।
यो स्तरोन्नतिलाई कम्पनीको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन र सुशासनप्रतिको प्रतिबद्धताको प्रतिफल मानिएको छ। साथै, यसले बीमित एवं सरोकारवालाप्रति निरन्तर विश्वास कायम गर्न सफल भएको प्रमाण समेत दिएको छ। ‘केयर-एनपी ए माइनस’ (A-) मूल्याङ्कनले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको र अघिल्लो मूल्याङ्कनको तुलनामा अझ उत्कृष्ट संस्थाका रूपमा स्थापित भएको संकेत गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)