जम्मू-कश्मीरमा १२४ वर्षीया वृद्धालाई कोरोना विरुद्धको खोप, स्वास्थ्य अवस्था राम्रो
Ujyaaloonline.com · Sat Jun 05 00:49:51 GMT 2021
काठमाण्डाै - जम्मू-कश्मीरमा १२४ वर्षकी वृद्धाले कोरोना विरुद्धको खोप लगाउनु भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अहिले जम्मू-कश्मीरमा स्वास्थ्यकर्मी घरघरमै पुगेर कोरोना विरुद्धको खोप लगाउन थालेका छन् । यही क्रममा १२४ वर्षकी वृद्धाले पनि खोप लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जम्मू-कश्मीरका लेफ्टिनेन्ट गर्भनर मनोज सिन्हाले ट्वीट गर्दै बारामूलाकी १२४ वर्षकी वृद्धाले कोरोनाविरुद्धको खोप लगाएको बताउनु भएको छ । सिह्नाले अहिलेसम्म खोप लगाएकाहरुमा उहाँ नै सबैभन्दा बढी उमेरको भएको पनि बताउनु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)