नेकपा एसका नेता साह माओवादीमा प्रवेश
ratopati.com · Sat Jan 21 21:11:00 GMT 2023
रौतहट । रौतहटमा नेकपा एसका नेतासहित १० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिवार स्थानीय ईशनाथ नगरपालिकाका मेयरका प्रत्याशी रामवचन साह माओवादीमा प्रवेश गरेका हुन्।
साथै ईशनाथ नगरपालिकाकै रामाज्ञा ठाकुर , रामअलगन साह, उपेन्द्र ठाकुर, शेख अशगर अलि, बिधानन्द साह, दिलबहादुर साह, सखचन्दु साह, रामाधार सिंह र डा. पारसनाथ एमाले र नेकपा एस परित्याग गरि माओवादीमा प्रवेश गरेका हुन् । माओवादीका पोलिटब्युरो सदस्य अशोक जैसवालले उनीहरुलाई टीका लगाएर पार्टीमा स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)