मधेश प्रदेशको ४९ अर्बभन्दा बढीको लेखापरीक्षण सम्पन्न, २ अर्ब ९१ करोडको परीक्षण हुन सकेन
arthadabali.com · Wed May 20 08:37:50 GMT 2026

धनुषा / मधेश प्रदेश सरकारको ४९ अर्ब ६९ करोड ३९ लाख रुपैयाँको लेखापरीक्षण सम्पन्न भएको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार यस वर्ष मधेश प्रदेशका मन्त्रालय तथा मातहतका १३४ सरकारी निकायको ४५ अर्ब ७० करोड ७४ लाख रुपैयाँ र १६ वटा समिति तथा संस्थाको ३ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ गरी सहित सो रकम बराबरको लेखा परिक्षण सम्पन्न भएको हो ।
यद्यपि, जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण ३ मन्त्रालय, २ निकाय र ४ कार्यालयको कुल २ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ बराबरको लेखापरीक्षण हुन नसकेको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
मधेस प्रदेश