स्कटल्यान्डले अमेरिकालाई दियो १७० रनको चुनौती
barnanmedia.com · Wed May 20 08:34:21 GMT 2026
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डले अमेरिकालाई जितको लागि १७० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६९ रनको योगफल बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)