गाभीले नेपाललाई एक लाख डोज फाइजर खोप अनुदान दिने
nepallive.com · Wed Sep 01 00:36:00 GMT 2021
काठमाडौं - ए लायन्स फर गाभीले नेपाललाई एक लाख डोज फाइजर खोप अनुदानमा दिने भएको छ। गाभीले आगामी अक्टाेबरमा फाइजर खोप उपलब्ध गराउने भएको छ।
गाभीले ट्रायल स्वरुप उक्त खाेप उपलब्ध गराउन लागेको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले जानकारी दिए। उनले भने, ‘गाभीले खोप सेप्टेम्बरमै पठाउने कुरा थियो तर पछिल्लो समय प्राविधिक तयारी गर्नुपर्ने हुनाले अक्टाेबरमा पठाउने भएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)