केनको कीर्तिमान
ekantipur.com · Sun Aug 21 00:34:50 GMT 2022
लन्डन — ह्यारी केन उल्भसमाथि टोटेनहमको १–० को जितमा गोल गर्दै शनिबार प्रिमियर लिगमा एउटै क्लबका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले टोटेनहमका लागि १८५ गोल गर्दै म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोको १८४ गोलको कीीर्तमान उछिनेका हुन् ।
केनले टोटेनहमका लागि सबै किसिमको प्रतियोगितामा २५० गोल पनि पूरा गरेका हुन् । उत्तरी लन्डनको क्लबका लागि सबैभन्दा बढी गोलको कीर्तिमानमा उनी जिम्मी ग्रिभ्ससँग १६ गोल नजिक पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)