मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेट छानबिन : सिंहदरबार गेटदेखिकै फुटेज हेर्न सुझाव

ekantipur.com · Wed Jul 13 00:51:52 GMT 2022

काठमाडौँ — तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिचौलियासँग मिलेर करको दर हेरफेर गरेको आरोप लागेपछि गठन भएको संसदीय छानबिन समितिले मंगलबार काम सुरु गरेको छ । समितिले साउन ५ भित्र संसद्मा प्रतिवेदन पेस गरिसक्नुपर्ने हुन्छ । काम सुरु गरेको १० दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्ने समयावधि समितिले पाएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले असार १४ मा निवेदन दिएर सीसीटीभीको फुटेज माग गर्दा मन्त्रालयले १३ दिनभन्दा बढीको फुटेज अभिलेखमा नरहने जवाफ दिएको थियो । संसद्मा बजेट प्रस्तुत हुने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर तत्कालीन अर्थमन्त्री शर्माले करका दर हेरफेर गरेको प्रमाण ‘डिलिट’ गराएको आशंकामा छानबिन भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)