साढे ८ करोड मात्र जुट्यो राहत रकम
annapurnapost.com · Sat Nov 11 01:11:48 GMT 2023
काठमाडौं : जाजरकोटको रामीडाँडालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा ठूलो जनधनको क्षति भयो। तत्कालै राहत सामग्री र रकम दिने घोषणा धेरैले गरे। तर, एक साता बितिसक्दा पनि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा साढे ८ करोड मात्र संकलन भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम शुक्रबार सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो। कार्यालयको पछिल्लो तथ्यांक अनुसार ८ करोड ४० लाख २६ हजार ६९७ रुपैयाँ संकलन भएको छ। कोषमा झण्डै तीन दर्जन संघसंस्था तथा व्यक्तिले सहायता दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)