माओवादीले २० भदौभित्र उम्मेदवार सिफारिस गर्ने
nayapatrikadaily.com · Sun Aug 28 17:05:00 GMT 2022
माओवादीले आसन्न निर्वाचनका लागि २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएकोे केन्द्रीय सदस्य सुनिता गौतमले बताइन् ।
‘अध्यक्षले एक, दुई, तीन गरेर वैकल्पिकसहित नाम सिफारिस गर्न निर्देशन दिनुभएको छ,’ गौतमले भनिन् । निर्वाचनकेन्द्रित गरी बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने बैठकको निर्णय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)