गठबन्धन सरकारलाई महँगो पर्दै भिजिट भिसा प्रकरण, गृहमन्त्रीले राजीनामा नदिए बजेटमाथि अवरोध हुने
barnanmedia.com · Mon May 26 22:11:53 GMT 2025

भिजिट भिसा प्रकरणमा नेपाली राजनीति जोडतोडले तातिरहेका बेला सोमबार एकसाथ दुईघटना भए। यो प्रकरणमा कांग्रेस नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकको संलग्नता के कति छ, अख्तियार दुरुपयोग अनुसन्धानको अनुसन्धानबाट खुल्दै जाला । तर, उनीमाथि सडकदेखि सामाजिक सञ्जालसम्म जसरी प्रश्न उठिरहेको छ, यो अवस्था हेर्दा उनको राजीनामा आउने देखिन्छ। कतिसम्म भने लेखकले राजीनामाको मनसाय पनि बनाइसकेका थिए। तर, कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र अरु पदाधिकारी नै लेखकको पक्षमा उभिएनन् मात्र उनी निर्दाेष रहेको र राजीनामा दिन नपर्ने निष्कर्ष निकालिदियो। तर, यसअघि सत्ता बार्गेनिङका लागि यो विषयमा बोल्न नमानेको माओवादीले पनि मुख खोलेको छ। सोमबार बसेको सचिवालय बैठकले घटनाको निस्पक्ष छानबिनका लागि लेखकले मार्गप्रसस्त गर्नुपर्ने ठहर माओवादीले गरेको छ।
आफ्ना सभापति रवि लामिछाने जेलमा परेपछि निकै आक्रामक बनेको रास्वपाले त यही मुद्दालाई मुल एजेण्डा बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)