मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यु–१६ सुदूरपश्चिम छनोटः कैलालीको लगातार दोस्रो जित

barnanmedia.com · Mon May 26 22:08:22 GMT 2025

एसिसी मेन्स यु–१६ इस्ट जोन कप–२०२५ को सुदूरपश्चिम छनोटमा कैलालीले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा अछाममाथि ७१ रनको जित निकालेको कैलालीले सोमबार दोस्रो खेलमा दार्चुलालाई ९४ रनले पराजित गरेको हो ।

कैलालीले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको दार्चुला १६ दशमलव तीन ओभरमा ३६ रनमा अलआउट भयो । दार्चुलाका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कैलालीका रुद्रप्रसाद आचार्य पाँच विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका स्कोरर नुरेन अन्सारीले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)