मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इतिहास रच्ने दाउमा संकटा र भुटानी क्लब

ekantipur.com · Sat Jan 07 01:25:46 GMT 2023

गण्डकी — २२ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा शनिबार संकटा क्लब र भुटानी युथ स्पोर्ट्स क्लब (बीवाईएससी) आमनेसामने हुँदै छन् । पोखरा रंगशालामा हुने खेलमा संकटा उपाधिमा दोस्रो पटक आफ्नो नाम लेखाउन आतुर छ भने बीवाईएससी पहिलो पटक आहा–राराको उपाधि जित्दै अमेरिका फर्कन चाहन्छ ।

संकटा फाइनलमा भिड्दा दुई संयोगका साथ खेल्नेछ । पहिलो संयोग, संकटाले दुवै पटक विभागीय टोली नेपाल एपीएफ क्लबलाई सेमिफाइनलमा हराउँदै फाइनल पुगेको छ । दोस्रो संयोग, दुवै पटक संकटाले फाइनलमा विदेशी टोलीसँग उपाधिका लागि लड्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)