क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
gorkhapatraonline.com · Wed May 20 08:47:20 GMT 2026

दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ ।
लस एन्जलसबाट करिब ३० माइल (४८ किलोमिटर) उत्तर-पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो । सुक्खा झाडी क्षेत्रमा सुरु भएको आगलागी बिस्तारै बस्ती नजिक पुगेपछि स्थानीय प्रशासनले आपतकालीन कदम चालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)