मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी महेश्वर खत्री पक्राउ

barnanmedia.com · Mon May 26 22:34:33 GMT 2025

बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका प्रतिवादी महेश्वर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी भक्तपुर जिल्ला अदालतमा पेश गरेको हो।

नेपाल सरकार वादी रहेको मुद्दामा खत्रीमाथि भक्तपुर जिल्ला अदालतले २०८१ साल मंसिर २६ गते कैद ५ दिन, जरिवाना बापत ६ लाख रुपैयाँ र पिडित राहत कोषमा २४ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो। तर फैसला कार्यान्वयन हुनु अघि नै खत्री फरार भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)