कपनमा आगलागी : ३ जनाको ज्यान गयो (अपडेट)
Ujyaaloonline.com · Wed Sep 21 17:14:34 GMT 2022
काठमाण्डौ - काठमाण्डौको कपनमा रहेको लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–११ कपनको लसुनटारमा आज बेलुकी पौने ७ बजेतिर आगलागी हुँदा तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेको पहिचान भने खुल्न सकेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि निभाइएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)