क्यानडा पठाइदिन्छु भन्दै एक युवाले ठगी गर्ने महिला पक्राउ
barnanmedia.com · Mon May 26 22:38:53 GMT 2025

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक महिला काठमाण्डौंमा पक्राउ परेकी छन्। क्यानडा पठाइदिन्छु भन्दै एक युवाबाट सात लाख रुपैयाँ ठगी गरेको अभियोगमा सम्झना राई पक्राउ परेकी हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएको अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने आश्वासन दिई लामो समयसम्म झुक्याएर सम्पर्कविहीन बनेकी राईलाई काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)