परिवारको कुरा परिवारमै सल्टियो, अहिले सबै खुसी छन् : सन्दीप लामिछाने
baahrakhari.com · Fri Jan 21 17:18:00 GMT 2022
काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यान र खेलाडीबीचको विवाद छलफलबाटै समाधान हुनु राम्रो पक्ष भएको बताएका छन् । शुक्रबार राति अस्ट्रेलियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अब नेपाली क्रिकेटमा समस्या नरहेको पनि बताए ।
"परिवारको कुरा परिवारमै सल्टियो राम्रो पक्ष हो । अहिले सबै कुरामा सबैजना खुसी हुनुहुन्छ । यो एउटा टिम हो, एउटा परिवार हो । नेपालको झण्डाभन्दा ठूलो केही पनि छैन," उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)